Sajhamanch Archive

भारतीय सेनामा भर्ती हुनेको भीड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

पोखरा । भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो । कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् ।

भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् । भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धारित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् । यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ । अन्नपूर्ण दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *