Sajhamanch Archive

इराक पुर्‍याउन दिल्लीमा सेटिङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ। चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ ।

इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रुपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो ।

उनले प्रत्येक साताजस्तो घरमा फोन गरेर रुँदै बिलौना गर्ने गरेकी छिन् । भनेजस्तो काम छैन र पैसा पनि भनेजति दिएको छैन । आफ्नी श्रीमतीलाई फर्काउने उपायस्वरुप जगन्नाथले इराक बस्ने ओमराज नामका एजेन्टलाई फोन गरे । इराकबाट कुनै एक महिलाले यस संवाददालालाई दिएको जानकारीअनुसार ओमराजले इन्दु र लक्ष्मीसहित दस जनालाई एकैपल्ट नयाँदिल्ली हँदै इराक पुर्‍याएका हुन् । उनले इन्दिरा गान्धी विमानस्थलमा सेटिङ मिलाएका थिए । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *