Sajhamanch Archive

मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्जेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् ।

आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी पीडित संघर्स समितिका १२ वटा निर्माण व्यवसायीले मेलम्चीमा पत्रकार सम्मेलन गरेर आफूहरुले काम गरेको १६ करोड ५० लाख ३८ हजार भुक्तानी नपाएको जानकारी दिए ।

मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छोडेपछि स्थानीय व्यवसायीको रकम भुक्तानी दिएको छैन । कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *