Sajhamanch Archive

वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन।भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *