Sajhamanch Archive

सप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

सप्तरी । सप्तरीमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । उदयपुरबाट जनकपुर तिर्थयात्रामा आएको बस र झापाबाट सप्तरी तर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

को १ ख ४९३४ नम्बरको बसमा को ३४ प ६७२५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा झापाको सुरुङ्गा नगरपालिका–५ का ३५ वर्षे मोटरसाइकल चालक रामे पासवान र पछाडि सवार ५० वर्षका मोहम्मद महदुर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवैको शव लहान अस्पतालमा राखिएको छ । बसमा सवार ३५ जना मध्ये १० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *