Sajhamanch Archive

राष्ट्रिय जनता पार्टीद्धारा राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

टिकापुर घटनाका सम्बन्धमा गिरिशचन्द्र लाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै राजपा सांसद राजकिशोर यादवले टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

सभामुखको रुलिङपछि गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नरहेको भन्दै उनले टीकापुर घटनाको बास्तविकता सामु नआउँदा जनतामा भ्रम रहिरहने बताए ।

१० मिनेटका लागि स्थगित गरिएको संसद पुनः सुचारु गर्ने विषयमा छलफल भइरहेको छ ।

यसअघिको बैठकमा राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले प्रतिनिधिसभाको बैठकमा टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक नगरे अवरुद्ध गर्ने चेतावनी दिनुभएको थियो ।

त्यसलगत्तै सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *