मोरङका तीन खेलाडी विराटनगरको एम्बेस्टर
Published:
by .विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यलाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको छ । राष्ट्रीय टोलीमा सहभागी मोरङका सरु लिम्बु, मनमाया लिम्बु र कबिता धिमाललाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको हो ।
सशस्त्र प्रहरी बलबाट फुटबल खेल्दै आएकी सरु पथरी र मनमाया लेटाङका हुन् । उर्लाबारीकी कबिता आर्मी क्लबाट फुटबल खेल्दै आएकी छन् । सोमबार साझ अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले तीन खेलाडीलाई ब्राण्ड एम्बेस्टर घोषणा गरेका हुन् ।
मेयर पराजुलीले एम्बेस्टर घोषणा गरिएका खेलाडीलाई महानगरपालिकाले उचित सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाए ।
Comments