Sajhamanch Archive

मोरङका तीन खेलाडी विराटनगरको एम्बेस्टर

Published: in खेलकुद by .

विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यलाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको छ । राष्ट्रीय टोलीमा सहभागी मोरङका सरु लिम्बु, मनमाया लिम्बु र कबिता धिमाललाई ब्राण्ड एम्बेस्टर घोषणा गरेको हो ।

सशस्त्र प्रहरी बलबाट फुटबल खेल्दै आएकी सरु पथरी र मनमाया लेटाङका हुन् । उर्लाबारीकी कबिता आर्मी क्लबाट फुटबल खेल्दै आएकी छन् । सोमबार साझ अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले तीन खेलाडीलाई ब्राण्ड एम्बेस्टर घोषणा गरेका हुन् ।

मेयर पराजुलीले एम्बेस्टर घोषणा गरिएका खेलाडीलाई महानगरपालिकाले उचित सम्मान प्रदान गर्ने प्रतिबद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *