Sajhamanch Archive

दूधे आयुर्वेदद्वारा सञ्चालित योग शिविरको समापन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

दूधे । शिवसताक्षीको दूधेमा सञ्चालित योग शिविर आज समापन भएको छ । दूधे आयुर्वेद औषधालयको आयोजनामा भएको शिविरको आज समापन गरिएको हो । शिविरमा १ सय जनाले सेवा लिएका थिए ।

“योग गरौ निरोगी बनौ” भन्ने नाराका साथ सुरुभएको योग शिविरमा सेवाग्राहीले शिविरबाट बाथ, नशा रोगीलाई फलदायी भएको बताएका छन् ।

समापनका क्रममा उपप्रमुख भोजकुमारी नेपालले आयुर्वेद औषधालयले गरेको यस प्रकारको शिविर पहिलो पल्ट सञ्चालन गरिए पनि सहरानीय काम गरेको बताइन् । उनले शिविरलाई नगरको प्रत्येक वडामा गराई रोगीहरुको उपचारमा सहयोग गर्नु पर्ने बताइन् ।

योग दैनिकरुपमा विहान कम्तिमा ४५ मिनेटसम्म योग अभ्यास गर्न सके शरिरमा लाग्ने धेरै रोगबाट बच्न सकिने दूधे आयुर्वेद औषधालयका प्रमुख कविराज निरिक्षक टेकनाथ अर्यालले बताए । कविराज अर्यालका अनुसार पछिल्लो समय दीर्घ रोगीहरुलाई दूधे आयुर्वेदले निको पारेर पठाएको छ । उनले भने दैनिक योग अभ्यास र रोग लाग्न साथ घर वरपरकै जडिबुटी प्रयोग गर्न सके रोग निको पार्न ठूलो धनराशी समेत खर्च नहुने जानकारी दिए ।

एक हप्तासम्म योग गरेपछि घुडाँ दुख्ने समस्या निको भएको ज्येष्ठ नागरिक शिवसताक्षी नगर अध्यक्ष पदप्रसाद दाहालले बताए । उनले शिविरमा मात्र होइन अब दैनिक रुपमा योग अभ्यास गर्ने समेत जानकारी दिए । कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो । ७ दिन योग शिविर सञ्चालन गर्न दूधे स्थित भूपू सैनिक संघ नेपालले भवन उपलब्ध गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *