Sajhamanch Archive

नेविसंघभित्र विवादस् पौडेल पक्षले समानान्तर समिति बनाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ यतिखेर केन्द्रीय समितिविहीन अवस्थामा छ ।

पटक पटक म्याद थप गर्दा समेत महाधिवेशन गर्न नसकेर देउवा निकट मानिएका अध्यक्ष नैनसिंह महरले गत महिना राजीनामा दिएपछि नेविसंघ झगडा प्रकरण पार्टी शीर्ष तहमा पुगेको हो । अब बन्ने तदर्थ समिति कस्तो र कसको पक्षकोे बनाउने भन्ने विवादले पार्टी अनिर्णयको बन्दी बनेको छ ।

नेविसंघको नेतृत्वमा कसको पक्ष ल्याउने भन्नेबारेमा शीर्ष नेताबीच मतभिन्नता रहेका कारण पार्टीले तदर्थ समिति बनाउन सकेको छैन । मातृ पार्टीमा जस्तै नेविसंघभित्र पनि गुटउपगुट रहेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै कांग्रेसभित्र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबीच गुट रहेको छ । साथै पार्टीका प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।
सभापति देउवालाई नेविसंघको नेतृत्वमा आफ्नो पक्ष ल्याउनुपर्ने भन्दै पौडेल र सिटौला पक्षका नेताहरुले दबाब दिइरहेका छन् । तर देउवा पक्ष यसमा मान्न तयार छैन । सभापति देउवा पक्षले पेलेर जान खोजे पौडेल पक्षले समानान्तर समिति घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

पार्टीमा देउवाले बहुमतले विधानदेखि अन्य अनुशासन समिति, निर्वाचन समितिमा पेलेर जान खोजे पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने र समानान्तर समिति बनाएर चुनौती दिने पक्षमा देउवाइतर पक्ष रहेको छ । यसबाट सभापति देउवा पक्ष झस्किएको छ । केही दिन अगाडि नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसी सो निर्णय गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *