Sajhamanch Archive

जागिर खाने ? आउनुस् पढ्न

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

प्युठान ।एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि ।

यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा चलाउन लागेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

तयारी कक्षाको प्रक्रिया फागुन २२ देखि अघि बढेको हो । अहिले धमाधम आवेदन बुझ्ने काम भइरहेको छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *