Sajhamanch Archive

उदयपुरमा भेटिएको सुतली बम सेनाद्वारा निष्क्रिय

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर  । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहीबार बिहान उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ ।

बिहीबार बिहान कटहरी नगरपालिका–२ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेटअगाडि रहेको रुखको फेदमुनी दुईवटा सुतली बम भेटिएको हो । शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा सप्लाई गर्ने कम्पनी हो ।

बिहान करिब ६ बजे भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । उदयपुर बेलसोतस्थित नेपाली सेनाको कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले विहान करिब १० बजे बम डिस्पोज गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *