Sajhamanch Archive

प्रदेश एकमा बन्दको आंशिक प्रभाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

विराटनगर ।कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक परेको छ ।

बन्दका कारण १४ वटै जिल्लाका शैक्षिक संस्था बन्द छन् । यातायात भने आंशिक रुपमा खुलेको छ । ठूला दूरीका यातायातका साधन चलेका छैनन् । छोटा दूरीका साना सवारी साधन मात्र चलेका छन् ।

यातायातका साधन नचल्दा यात्रुहरू मारमा परेका छन् । बिहान छिटफुट रुपमा लामा दूरीका सवारी चलेपनि १० बजेदेखि भने लामा तथा छोटा दूरीका सवारी साधन नचलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बन्दको आंशिक प्रभाव परेका बताए । उनका अनुसार छोटा दूरीका साना सवरी कुदेपनि लामा दूरीका ठूला सवारी साधन चलेका छैनन् ।

बन्दका कारण विराटनगरबाट पनि लामा दूरीका सवारी छुटेका छैनन् । विराटनगरबाट धरान, काकँरभिट्टा जाने बस बसपार्कमा रोकिएका छन् । छोटा दूरीका सवारी साधन भने सञ्चालनमा छन् ।

बन्दले उद्योग कलकारखाना र बजार पसललाई भने असर गरेको छैन् । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जथाभावी रुपमा आयोजना गरिने बन्दका कारण उद्योग धन्दा चौपट हुने गुनासो गर्छन् ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बन्दका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । राजमार्ग, बजार क्षेत्र, सार्वजनिक स्थल, भित्री सडक खण्डहरू, शैक्षिक तथा औद्योगिक क्षेत्र लगायतका सबै ठाउँको सुरक्षा सर्तकता बढाइएको उनले बताए ।

विराटनगरमा जारी पाँचौं साफ च्याम्यिनसिपका आफूहरुको ध्यान केन्द्रित भएकाले बन्दको प्रभाव नपरोस भनेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका क्रममा प्रदेशभरि नै कुनै पनि घटनाहरू भएका छैनन् । नेपाल यातायात मजदूर संघका सह–सचिव भुपाल केसीले बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *