Sajhamanch Archive

बुद्धिचालको राष्ट्रिय टोली ढाका प्रस्थान, पूर्वीनाकामा भव्य विदाई

Published: in खेलकुद by .

काँकरभिट्टा । भोलीदेखि बंगलादेशको राजधानी ढाकामा हुने विश्व बुद्धिचाल महासंघ फिडेको अफिसियल प्रतियोगिता एशिया जोनल ३ दशमलव २ मा सहभागी जनाउन विहीबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालको प्रतिनिधित्व गदैं अन्तर्राष्ट्रिय आरविटर यज्ञ पन्त पूर्व नेपाल च्याम्पियन केशव विष्ट र महिला फिडे माष्टर सुजना लोहनी प्रस्थान गरेका हुन् ।

प्रतियोगितामा बंगलादेश, नेपाल, भुटान, श्रीलंका पाकिस्तान र माल्दिभ्सगरी ६ वटा देशका खेलाडीले सहभागी जनाउने छन् । प्रतियोगिताको च्याम्पियन बने १ हजार डलरसहित विश्व कपमा सहभागी जनाउन पाउने बताइएको छ । अफिसियल र खेलाडीहरुको स्वगत तथा सम्मानसहित मेची युमा चेस एकाडेमी मेचीनगरले विदाई कार्यक्रम आयोजना गरेको थियो ।

विदाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल, महासचिव गंगाप्रसाद कोइराला, नेकपाका युवा नेता तथा बालकृष्ण थापा मेचीनगर नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीलगायतले खादासहित सफलताको शुभकामना व्यक्त गदैं विदाई गरेका थिए ।

उनीहरुले खेलाडीलाई अनुशासीतरुपमा बलियो आत्मविश्वससहित खेल प्रदर्शन गर्न सुझाँव दिएका थिए । मेची युमा चेस एकाडेमी मेचीनगरका अध्यक्ष विश्वविजय घिमिरेले नेपालमा बुद्धिचाल खेलको विगत तथा वर्तमानका बारेमा जानकारी गराएका थिए भने महासचिव राजु पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *