Sajhamanch Archive

धार्मिक अनुष्ठान उर्स मुबारक सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

दुहागढी । मुस्लिम समुदायको दुईदिने धार्मिक अनुष्ठान उर्स मुबारक विहीबार सम्पन्न भएको छ । हरेक वर्षको फागुन २९ र ३० गते मुस्लिम समुदायले उर्स मुबारक बाबा मुन्सी अजमत हुसैन मजार शरीफ मनाउदैं आएका छन् ।

मजारे सरीफ दुहागढीका अध्यक्ष लाल महमद मियाँका अनुसार अनुष्ठानमा स्वदेशका विभिन्न एवम् विदेशबाट समेत मुस्लिम धर्मालम्वीहरुको उल्लेखीयरुपमा सहभागिता रहेको थियो । मजारे सरीफ दुहागढीको आयोजनामा भएको अनुष्ठानको मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिईन् ।

मेचीनगर—१४ मा आयोजित कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि मेचीनगर १३ र १४ का वडाध्यक्ष कृष्णराज सिग्देल शंकरप्रसाद पोखरेल वासु आधारभूत विद्यलायका प्रधानध्यापक विश्व थापालगायतले धर्मले कसैलाई पनि फुटाउने काम नगर्ने बरु एक आपसमा जोडने भएकाले हरेक नेपालीले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा जोड दिए ।

कसैले पनि कसैलाई धर्म, जात र विचारकै कारण आत्मासम्मानमा ठेस पुर्याउने काम गर्न नहुने उनीहरुको भनाई थियो । आयोजक संस्थाका अध्यक्ष तथा जनप्रतिनिधि लाल महमद मियाँको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सञ्जय शेखले गरेका थिए ।

मियाँले करीव ७ लाख रुपैयाँको लगानीमा दुहागढीमा मजारे सरीफ सामुदायिक भवन निर्माण भइरहेको जानकारी दिए । मेचीनगर नगरपालिकाबाट ५ र १४ नम्बर वडाबाट २ गरी कुल ७ लाख रुपैयाँमा निर्माण भइरहेको भवनमा सवै धर्मनुरागीका लागि पनि ढोका खुला भएको भवन निर्माण समितिका संयोजक अनिल ढुंगानाले जानकारी दिए । अनुष्ठान परिसरमा रोटेपीङ, रेलगाडीलगायत अन्य खेलौना र मनोरञ्जनका सामग्री समेत राखिएको थियो विभिन्न व्यवसायका स्टल समेत व्यवसायीले राखेका थिए । नगर कार्यपालिका सदस्य विन्दा प्रसाई, त्रिदेव क्याम्पस चारआलीका प्रमुख माधवचन्द्र प्याकुरेल, नेपाल रेडक्रस सोसाइटि उपशाखा दुहागढीका सभापति गोपीराज मैनालीलगायतको कार्यक्रममा उपस्थिती थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *