Sajhamanch Archive

मृगौला प्रत्यारोपण गर्न आर्थिक अभावः सहयोगको अपिल

Published: in राष्ट्रिय समाचार by .

पाँचथर । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७, माझटारकी २२ बर्षिया सरिता माझीको दुबै मृगौला फेल भएपछि परिवार पीडामा परेको छ ।

सरितालाई बँचाउन मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएको उनका श्रीमान मंगलबहादुर माझीले बताए । कमजोर आर्थिक अवस्था भएका माझी परिवारलाई मृगौला प्रत्यारोपणकालागि आवश्यक पर्ने रकम जुटाउन गाह्रो भएको छ । सरिताका ससुरा जसबहादुर माझीका अनुसार सरिताको उपचारमा हालसम्ममा दुई लाख रुपैंयाँ खर्च भइसकेको छ ।

सरिताको एउटा मृगौला प्रत्यारोपण गर्न झण्डै १२ लाख रुपैंयाँ रकम आवश्यक पर्ने माझी परिवारको भनाई छ ।
सरिताको उपचारमा आर्थिक अभाव भएपछि माझी परिवारले सहयोगको अपिल गरेका छन् । सरितामा श्रीमान मंगलबहादुरले भने ‘ऋण गरेरै श्रीमतिलाई बी.पी.स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिराटनगर र टिचिङ अस्पताल काठमाण्डौंसम्म पु¥याएँ, डाक्टरले मृगौला फेर्नुपर्छ भन्यो, त्यतिका धेरै पैशा कहाँबाट ल्याउनु ?’ उनले भाबुक हुँदै श्रीमतिलाई बँचाइदिन अनुरोध समेत गरे । माझी दम्पतीको सात बर्षीया छोरी समेत छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *