Sajhamanch Archive

तयारी बिना तालिममा पठाउँदा निगमलाई ७० लाख घाटा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल वायुसेना निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन् । बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो ।

नेपालमै प्रशिक्षण पाइलटले लातिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनु पर्ने हुन्छ । तर, निगमले लातिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन् । मानन्धर र शर्मा जनवारी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए । परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन् ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए । तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन् । खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,कोइरालाले भने, ुयहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरू सक्सेस नभएको भने होइन् । नागरिक दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *