Sajhamanch Archive

दोलखामा बस दुर्घटना दुईजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

दोलखा ।दोलखामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकी चरिकोटमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *