Sajhamanch Archive

न्युजील्यान्ड गोलीकाण्डमा मर्ने व्यक्तिको संख्या ४९ पुग्यो, ४८ जना घाइते

Published: (Updated: ) in विविधा, by .

काठमाडौं । न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् ।

डीन्स एभेन्यु मस्जिदमा ४१ जना मारिएका हुन् भने बाँकी सातजना लिनवूड मस्जिदमा मारिएका हुन् । अर्का एकजना चाहिँ अस्पतालमा बितेका हुन् ।

प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्ड अत्यन्तै निन्दनीय भएको बताए । यस हत्याका लागि एक व्यक्तिलाई अभियोग लगाइएको उनले बताए ।

पीडितहरूका बारेमा बोल्दै बुशले भने, ‘हाम्रो माया र सम्झना पीडित तथा उनका परिवार, इष्टमित्र र प्रियजनप्रति व्यक्त गर्छौं । हाम्रा कर्मचारीले सबैको सुरक्षाको सुनिश्चितता गरिरहेका छन् । प्रहरीले मानिसहरूलाई सुरक्षित पार्नका लागि सबै प्रयास गरिरहेका छन् ।’

प्रहरीले दुवै घटनास्थलबाट थुप्रै बन्दूकहरू बरामद गरेको बुशले बताए ।पक्राउ परेका चारै व्यक्तिमध्ये कोही पनि आतंकवादी निगरानी सूचीमा नरहेको उनले बताए ।

आजको आक्रमण कुनै अन्य आतंकवादी षड्यन्त्रसँग नजोडिएको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *