Sajhamanch Archive

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिनेः सञ्चारमन्त्री बाँस्कोटा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाण्डौं । प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुन कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताएका छन् ।

उनले हप्ता भित्र उपलब्धि मुलक कार्यक्रम बनाएर पठाउन समेत आग्रह गरे । बैठकमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताए ।

तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरु यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी बर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै मन्त्री बाँस्कोटाले आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा राखेका थिए । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गरे । उनले काउन्सिलको भौतिक सम्पति, आर्थिक बर्ष २०७५।७६ को नीतिगत, कानुनी उपलब्धी, पछिल्लो दुई बर्षमा भएका महत्वपूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *