Sajhamanch Archive

स्नुकर टुर्नामेन्ट काँकरभिट्टामा सुरु

Published: in खेलकुद by .

काँकरभिट्टा । ‘प्रथम मेचीनगर डिभिजन स्नुकर टुर्नामेन्ट’ शुक्रबारबाट काँकरभिट्टामा सुरु भएको छ ।

ब्ल्याक एट पुल एण्ड स्नुकर क्लब काँकरभिट्टाले ३ दिवशीय टुर्नामेन्टको आयोजना गरेको हो । सोमबार समापन हुने टुर्नामेन्टको उद्घाटन मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङ्गले गरेका छन् ।

मेचीनगरलाई खेलकुदको उर्वरभूमिका रुपमा अथ्र्याउँदै स्नुकर खेल विधाका दक्ष खेलाडी उत्पादन गर्न प्रमुख अतिथि तामाङ्गले आग्रह गरे । “खेल मनोरञ्जनका लागि खेल्ने चलन पनि छ” उनले भने– “दक्ष अनि व्यवसायीक खेलाडी उत्पादन गर्नु अहिलेको आवश्यकता हो ।”

उद्घाटन कार्यक्रममा नाइट चेस क्लवका पूर्व अध्यक्ष बालाजीत राई, मेची युमा चेस एकाडेमीका सचिव राजु पौडेललगायतले शुभकामना दिए । सो अवसरमा नेपाली काँग्रेस मेचीनगर ६ नम्बर सभापति रविन भट्टराई, जिल्ला फुटबल संघ महासचिव शेरबहादुर बस्नेत, सदस्य कर्ण थापा मगर (राजा), नाइट चेस क्लब संस्थापक उपाध्यक्ष बलिमान गुरुङ्ग, नेपाल खेलकुद महासंघ प्रदेश सदस्य बालकृष्ण थापालगायतको आतिथ्यता थियो ।

नगरका ७४ जना खेलाडीले भाग लिने टुर्नामेन्टमा प्रथम हुनेले नगदराशी ११ हजार, द्धितीय हुनेले ५ हजार तथा हाई ब्रेकरले २५ सय रुपैयाँसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

आयोजक क्लबका अध्यक्ष निमा वाङ्गेल लामा (राजु) को सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन मेची युमा चेस एकाडेमीका उपाध्यक्ष भरत गुरुङ्गले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *