Sajhamanch Archive

चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छाडेर वार्तामा आउ :देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस युनियन पाल्पाले आज गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउने वातावरण तयार पार्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले हत्या हिंसाबाट मुलुकमा परिवर्तन गर्न सम्भव नहुने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका हुन् ।

सभापति देउवाले सरकार निरंकुशताको बाटोतर्फ अग्रसर हुँदै गएको बताए ।

सञ्चार क्षेत्रमाथि नियन्त्रण गर्न र अंकुश लगाउन खोजिए त्यो कांग्रेसका लागि स्वीकार्य नहुने उनको भनाइ थियो ।

नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको भन्दै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेसले प्रजातान्त्रिक ढंगबाटै सरकारको आलोचना गर्ने बताए ।

आफ्नो पार्टी रेलिङ भाँचेर जनतालाई सास्ती दिने पक्षमा नरहेको उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा सभापति देउवाले धर्मका विषयमा संविधानमा उल्लेख भएको व्यवस्थाप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *