Sajhamanch Archive

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ ।फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ ।यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेको छ ।उक्त निर्णयसँगै कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ ।कतार विश्वकप जाडो मौसममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौसममा हुँदै आएका थिए ।फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो ।तर, फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउँदै विश्वकप जाडो मौसम गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *