Sajhamanch Archive

बुधबारे जेसीजद्वारा लोम आफिसर्स तालिम

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । बुधबारे जेसीजले लोम अफिसर्स तालिम शनिबार सम्पन्न गरेको छ । बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको अध्यक्षतामा भएको तालिममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष जेसीआई सिनेटर लीला भण्डारी तथा धुलाबारी जेसीजका पुर्व अध्यक्ष सुवास रिजालले तालिममा सहजिकरण गरेका थिए ।

डेढ दर्जन बढीको सहभागिता रहेको तालिममा जेसीज के हो ?, बैठक सञ्चालन विधि तथा बैठकमा सञ्चालनका लागि आवश्यकीय जानकारीका बारेमा सहभागीहलाई सहजिकरण गराइएको थियो । उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिको सभा हलमा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी दूर्योधन सिंहले स्वागत मन्तव्य राखेका थिए भने आस्था बाचन कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले गरेका थिए ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल, निवर्तमान अध्यक्ष प्रकाश भण्डारी लगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्षहरु जेसी नवराज कोइराला, जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, केशव खुलाल, कोषाध्यक्ष जेसी कृष्ण ढकाल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका कानुनी सल्लाहकार जेसी चन्द्र कटवालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *