Sajhamanch Archive

मन्टेसरीका विद्यार्थीले बिर्तामोडमा देखाए प्रतिभा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । मन्टेसरी एशोसिएसन अफ बिर्तामोडले प्रथम वार्षिक कार्यक्रमअन्तर्गत बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

एशोसिएसनमा आबद्ध २५ मध्ये झापाभरका १७ वटा विद्यालयले सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा लोटस प्रिस्कुल बिर्तामोड, किड्स जोन, बोस्टन मन्टेश्वरी, टाइनीटट, बेबिल्यान्ड लगायत मन्टेसरीमा अध्ययनरत् नानीबाबुहरुले राइम्स, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

एसोसिएसनका उपाध्यक्ष तथा । बोस्टन इन्टरनेसनल मन्टेश्वरी बिर्तामोडका संस्थापक विनित बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा रहेका थिए । थापाले नानीबाबुहरुको इच्छा बुझेर उनीहरुको क्षमतामा ध्यान दिन उपस्थित अभिभावकहरुलाई आग्रह गरेका थिए ।

ह्याप्पी किड्स सुरुङ्गाकी सञ्चालक सुष्मा कटवालले स्वागत गरेको कार्यक्रममा एशोसिएसनका सचिव अमर सुब्बाले मन्टेसरी शैक्षिक पद्धतिको औचित्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन स्मार्ट मन्टेश्वरी हल्दिबारीका आइत लिम्बू र क्रिएसन मन्टेश्वरी बुट्टाबारीकी संस्थापक कुसुम बरालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा मन्टेसरी पुस्तक वितरण समितिका सदस्य राजकुमार दाहाल, अर्जुनधारा प्याब्सनका अध्यक्ष रुद्र सिटौला, बिर्तामोड प्याब्सन अध्यक्ष उत्तम खनाल, बिर्तामोड नगरशिक्षा प्रमुख युवराज पाण्डे, व्यवसायी राजकुमार कार्की, लगायतको आतिथ्यता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *