Sajhamanch Archive

महिला साफ : बंगलादेशलाई ३-० ले पाखा लगाउँदै समूह विजेता बन्याे नेपाल

Published: in खेलकुद by .

काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ ।

सहिद रंगशालामा नेपालले शनिबार बंगलादेशलाई ३-० को अन्तरले पाखा लगाएको हो । शनिबारको जितसँगै नेपाल समूह ए को विजेता बनेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे भने एक गोल नेपालले उपहार पाएको हो । नेपाल र बंगलादेश दुवै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *