Sajhamanch Archive

विकासको पर्खाइमा चिल्लागढधाम

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढधाम विकासको पर्खाइमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ मा रहेको पौराणिक इतिहास बोकेको चिल्लागढ धाम वर्षौदेखि विकासको पर्खाइमा रहेको हो । करिव २६ विघा क्षेत्रफल जमिनमा फैलिएको चिल्लाहगढ धाम मानविय अतिक्रमणका कारण हाल ४ विघा जमिनमा सिमित रहेको छ ।

आज भन्दा ५ हजार वर्ष अगाडी पाण्डवहरुले यज्ञ गरेको यज्ञ कुण्ड जुन अहिले पोखरीको रुपमा रहेको र पाँच तर्फ थुम्काहरु रहेको किम्बदन्ती रहेको छ । परापुर्वकालमा खडेरी हुने सम्भावना भए सात रंङ हुने र केही क्षति हुने सम्भावना भए पोखरीको पानी हरीयो रङ्गमा परिणत हुने गरेको चिल्लाहगढ धामकी भगवती माता तथा मन्दिरकी पुजारी तुलासा देवीले बताउँछिन् । चिल्लाहगढ धाममा विशाल यज्ञ कुण्ड, भगवती माता मन्दीर, भिमेश्वर शिवालय मन्दिर, किराँत माङ्गहिम मन्दिर, दुर्गा माता मन्दिर लगायतका मन्दिरहरु रहेका छन् ।

धाम अवलोकनका लागी बार्षिक ५० हजार बढी तीर्थालुहरु आउने गरेको चिल्लागढ धाम विकास समितिले जनाएको छ । ७ वर्ष अगाडी पोखरी उत्खनन् गर्दा त्यस ठाउँमा होम गर्ने चरु पोलेको रुपमा भेटिएकोले त्यसले पनि पाँच पाण्डवहरुले होमादी गरेको पुष्ठी गरेको चिल्लागढ धाम विकास समितिका सचिव बिष्णुबहादुर खतिवडाले जानकारी दिए । उक्त धाम विकासको लागी २०७२ सालमा स्थानिय तिल बहादुर कटुवालको अध्यक्षतामा ३१ जना सदस्य समिति गठन गरिएको थियो । समितिले धाम क्षेत्रको बढ्दो भूमि अतिक्रमण रोक्न क्षेत्र विकास कोष, शिवसताक्षी नगरपालिका र पुराणको आयोजना गरी विभिन्न दाताहरुको सहयोग बाट ४२ लाख रुपैयाको लागतमा वाल कम्पाउण्ड निर्माण गरेको छ ।

धाम विकासको लागी अति आवश्यक पर्ने सडक र बिजुलीको समस्या पनि रहेको चिल्लाहगढ धाम समितिका अध्यक्ष तिल बहादुर कटुवालले बताए । ऐतिहासिक तथा पौराणिक महत्व बोकेको चिल्लाहगढ धामको लागी नगरपालिकाले आर्थिक वर्ष २०७५÷० ७६ बाट विनियोजित १५ लाख बजेटले डिपिआरको काम सम्पन्न भईसकेको छ । नगरले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट मास्टर प्लानको साथ चिल्लाहगढ धामलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने नगरको योजना रहेको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । विभिन्न धार्मिक तथा पौराणिक किम्बदन्तीहरु रहेको यस चिल्लाहगढ धामको विकासको लागी सम्बन्धित निकाय तथा स्थानिय सरोकारवालाहरुले चासो देखाउन जरुरी देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *