Sajhamanch Archive

१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

१ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो ।

विमास्थल देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रुपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैत्रभित्र टर्मिलन, बगैँचालगायतमा सुधार गर्ने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । त्यस्तै, दोस्रो चरणमा वैशाखभित्रदेखि १५ पुसभित्र सबै कार्य सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपान्तरण गरिने सहसचिव उपाध्यायले जानकारी दिए । नयाँ पत्रिका दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *