Sajhamanch Archive

इन्डोनेसियामा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा by .

इन्डोनेसियाको पूर्वी प्रान्त पापुएमा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गएको छ । अरु २१ जना घाइते भएको स्थानीय विपद व्यवस्थापन निकायका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रान्तको राजधानी जयापुरा नजिकको सेनतानी क्षेत्रमा शनिबार रातिदेखि परेको मूसलधारे पानीका कारण बाढी आएको हो ।

बाढीका कारण कम्तिमा ९ वटा घर तथा दुईवटा पुल क्षतिग्रस्त भएका छन् । बाढी प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहतकर्मी पुग्न सकेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *