Sajhamanch Archive

नक्शा पास गराएर मात्रै घर निर्माण गर्न मेचीनगरको आग्रह

Published: in विविधा by .

मेचीनगर । मेचीनगरपालिकाले नक्शा पास गराएर मात्रै घर निर्माण गर्न नगरवासीलाई आग्रह गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा २७ मा कसैले पनि नगरपालिकाबाट नक्शा पास नगराई घर निर्माण गर्न हुदैंन भन्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै कतिपय संस्था र व्याक्तिले नक्शा नै पास नगराई घर निर्माण गरिरहेको बुभिन आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गले सर्वसाधारणका लागि नक्शा पास गराएर मात्र भवन निर्माण गर्ने गराउने सम्बन्धि सूचना जारी गर्दै यस्तो कार्यमा व्यापक प्रचार प्रसार गर्ने र सम्बन्धित वडा कार्यालयलगायतबाट अनुगमन गरी नियमन गर्ने तथा नक्शा पास नगरी निर्माण भएका संरचनाको हकमा सोहि ऐनको दफाहरु आर्कषित हुने व्यहोरा स्पष्ट भएको हुँदा कानुनको पूर्णरुपमा पालना गर्न गराउन सवैले आ आफ्नोतर्फबाट सक्रिय सहयोग गर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष तथा सदस्यहरु, कर्मचारी र विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीहरुले समेत उक्त कार्यमा नियमन हुने गरी प्रचार प्रसार , सूचना सम्प्रेषण, सहजीकरण र उपयुक्त समन्वय गरी विधिको शासन पालना गराउने कार्यमा सहयोग गर्न समेत नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गले आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *