Sajhamanch Archive

शिक्षक साकोसको रक्तदान

Published: in राष्ट्रिय समाचार by .

झापा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था शिक्षक साकोस झापाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा रगत अभाव नहोस भन्ने उद्देश्यले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा महिला र पुरुष गरी ३४ जनाले रक्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको सभापतित्व र जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटि उपशाखा विर्तामोडको रहेको थियो । संस्थाका उपाध्यक्ष हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि ढकालले सहकारी संस्थाहरु निक्षेप संकलन र ऋण कारोवारमा मात्र नभएर सामाजिक जिम्मेवारीतर्फ पनि लाग्न उनले जोड दिए ।

संस्थाका अध्यक्ष गौतमले रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्लमा रगत अभाव हुन नदिन हरेक वर्ष संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको बताए । कार्यक्रममा रक्तदाता सवैलाई प्रमुख अतिथि ढकाल, संस्थाका अध्यक्ष गौतमलगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *