Sajhamanch Archive

खेलकुद विकास समिति विघटनको माग गर्दै युवा संघ

Published: in राष्ट्रिय समाचार by .

विर्मामोड । विर्तामोड खेलकुद विकास समिति विघठन गर्न माग गर्दै विर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । युवा संघ नेपाल झापा जिल्ला कमिटी र विर्तामोड नगर कमिटीका ५ दर्जन बढी युवाहरुले विर्तामोड नगरपालिकामा खेलकुद विकास समितिको विघठन गर्न माग गर्दै ज्ञापान पत्र बुझाएका हुन।

युवा संघ झापाका सह सचिव विकास गिरी, सचिवालय सदस्य तथा प्रचार विभागका राजकुमार अ‍ोली, जिल्ला कमिटीका सदस्य तथा कलाकार सुवास मेचे लगायतको नेतृत्वमा गएको टोलीले नगरपालिकाका प्रबक्ता अग्नि पाण्डेलार्इ ज्ञापन पत्र बुझाएको थिए ।

विर्तामोड नगरपालिकाले खेल क्षेत्रमा योगदान पुराएका सम्वन्धित सँग र युवा संघसंस्था समेत कुनै परामर्श नै नगरि मनोमानी रुपमा खेलकुद समिति बनाएको भन्दै १ बुँदे ज्ञापन पत्र बुझाएका हुन । बनाएको खेलकुद समिति विघठन गरि पुर्नगठन नगरिए युवा संघले आन्दोलन गर्ने जिल्ला कमिटीका सदस्य सुवास मेचेले बताए । बुझाएको ज्ञापन पत्र प्रबक्ता पाण्डेले बुझ्दै नगर प्रमुख धु्रव सिवाकोटी, बोर्ड समिति र पार्टी सँग बैठक गरि सम्वोधन गर्न पहल गर्ने बताएका छन ।

आफुलाइ खेलकुद क्षेत्रका साथीहरुसँग सहमति गरेर आएको भनिएकोले निर्णय गरिएको बताउँदै अव निर्णय पुर्नविचार गर्न पहल गरिने बताएका हुन ।युवा संघ नेपालका झापा जिल्ला कमिटी र विर्तामोड नगर कमिटीले संयुक्त रुपमा बैठक गरि लिखित रुपमा नै ज्ञापन पत्र बुझाएको नगर सचिव राजु गौतमले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *