Sajhamanch Archive

झापाको अर्जुनधारामा मेवा तथा कागती खेती तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा ७ दिवशीय ब्यवसायिक फुल, मेवा तथा कागती खेती सम्वन्धि तालिम सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १ वाट उद्यमशिलता विकास तालिमबाट छनौट भएका विपन्न समुदायका ९ जना कृषकहरुलाई अर्जुनधारा नगरपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अर्जुनधारा १ हलुवागढ सामुदायिक वनको सभा हलमा राखेर ब्यवसायिक फुल, मेवा तथा कागती खेति सम्वन्धि शिपमुलक तालिम सञ्चालन गरेको थियो ।

फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन भएको तालिम झापा मेचीनगर नगरपालिका स्थित धुलावारीमा फुल, मेवा तथा कागती साथै नर्सरी ब्यवसाय सञ्चालन गरिरहेका सफल ब्यवसायी डिल्लीराज उप्रेतीले प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *