Sajhamanch Archive

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

नेपालगञ्ज। भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस छन् । अन्नपूर्ण दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *