Sajhamanch Archive

कांग्रेस मुख्यालय सानेपामा विद्यार्थीको धर्ना, शीघ्र महाधिवेशनको माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेस मुख्यालय सानेपामा नेविसंघका विद्यार्थीले धर्ना दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना शुरू गरेका हुन् ।

नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राखेका छन् ।
पार्टी कार्यालय भवनको मुख्य प्रवेशद्वारमा नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट लगायतका विद्यार्थी नेता कार्यकर्ताको सहभागितामा धर्ना भइरहेको छ ।

पार्टी केन्द्रीय समिति बैठक बिहान ११ बजे शुरू हुने भनिएपनि अझै शुरू भएको छैन । बैठकका लागि शीर्ष नेता आउने क्रम जारी रहेको छ ।

‘हालसम्म उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, शंकर भण्डारी आउनुभयो । उहाँहरूले हामीलाई माग थाहा छ, प्लेकार्ड देखाउनुपर्दैन भन्नुभयो,’ धर्नामा सहभागी विद्यार्थी आवास रेग्मीले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *