Sajhamanch Archive

छोराको टाउकोमा खुकुरी बजार्ने बाबु प्रहरीको फन्दामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा ।  झापामा छोराको टाउकोमा खुकुरी प्रहार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने एक व्यक्तिलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

बुद्धशान्ति–५ स्थित पानीघट्टाका ६३ वर्षीय हर्कबहादुर कुमालले घरायसी विवादमा छोरा ३५ वर्षीय वसन्तलाई खुकुरी प्रहार गरी शनिबार घाइते बनाएका हुन् । टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते वसन्तको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

छोरालाई खुकरी प्रहार गरी घाइते बनाउने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *