Sajhamanch Archive

धर्मेन्द्र मामा ग्लोबल सम्मेलनमा दुबई जाँदै

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । शिक्षाको क्षेत्रमा झापामा लामो समयदेखि निरन्तर क्रियाशिल रहँदै आएका झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई (मामा) विश्वव्यापी शैक्षिक सम्मेलनमा सहभागी हुन दुबई जाने भएका छन् ।

बेलायतको वार्की फ़ाउन्देशन द्वारा आयोजित ग्लोबल एजुकेशन एण्ड स्किल्स फोरम २०१९ यस पटक यु ए इ को दुबईमा यहि मार्च महिनाको २२ देखि २४ तारिखसम्म हुँदैछ । खुल्ला प्रतिष्पर्धामा सहभागी भै भट्टराई उक्त सम्मेलनमा सहभागी हुन छनोट भएका हुन । विश्वका १५० भन्दा बढी देशका शिक्षा बिशेषज्ञ , बैज्ञानिक , शिक्षक , प्रशिक्षकहरु सहभागी हुने उक्त सम्मेलनमा सन् २०३० सम्मको विश्वको शिक्षा कस्तो हुनुपर्छ भन्ने बिषयमा १५० बढी बक्ताहरुले आ–आफ्नो प्रस्तुति दिने बताइएको छ ।

सोही अवसरमा बिश्वभरिबाट छनोट भएका टप ५० बेस्ट शिक्षकहरु मध्ये १ जनालाई १ मिलियन डलरको ग्लोबल शिक्षक एवार्ड प्रदान गरिने छ । सम्मेलनमा विश्व भरिबाट ३००० सहभागी हुने आयोजकको दाबी छ । तीन दिनसम्म चल्ने सम्मेलनमा धेरै नयाँकुरा सिक्न सकिने अपेक्षा गरेको भट्टराईले बताए । भट्टराई नेल्टा झापाका अध्यक्ष तथा ब्रिटिश काउन्सिल नेपालका राष्ट्रिय प्रशिक्षक हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *