Sajhamanch Archive

गणस्तरीय शिक्षाका लागि अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार, समाज by .

कमल । झापाको कमल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले सरोकार वालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी गाउँपालिकाले अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा कमल गाउँपालिकाको शिक्षा सुधारका लागी शिक्षक महासंघको भुमिकाको विषयमा महासंघ अध्यक्ष हिमप्रसाद दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको आयोजनामा सम्पन्न शैक्षिक अवलोकन भ्रमणको उपलब्धि , अवसर र चुनौतीका विषयमा स्रोतव्याक्ति केशवप्रसाद भट्टराईले आफ्नो प्रतिवेदन मार्फत नमुना विद्यायको अध्ययन अवलोकन भ्रमणबाट धेरै कुरा सिक्ने मौका मिलोको बताए ।

शिक्षा सुधारका लागि शिक्षकले आफ्ना नानिलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियमित अनुगमन र प्रविधिमैत्री शिक्षण भए सामुदायिक विद्यालयकोे शिक्षामा सुधार हुने कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष टंक कट्टेलले बताए ।

विद्यालयको भौतिक सुधार, कक्षा कोठा आकर्षण तथा शिक्षकले आफ्नो पेशाप्रति समर्पित भएमा सामुदायिक शिक्षामा सुधार हुने मंगलमय माध्यमिक विद्यायलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष भोजकुमार घिमिरे बताए ।

शिक्षकहरुलाई जागरुक बनाउँन पाठ्यक्रम अनुसार तालिमहरुको व्यवस्था गर्नु पर्ने, राम्रो अध्यापन गराउने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्दा शिक्षकहरुमा अध्यापन गराउन हौसला मिल्ले अधिकांश शिक्षहरुको भनाई थियो ।
कमल गाउँपालिकामा रहेका २१ वटा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले विषयगत शिक्षकहरुलाई तालिमका व्यवस्थाप गर्ने, विद्यालयहरुको अनुगमन गर्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *