Sajhamanch Archive

हल्दिबारीले काठेपुल मुक्त गाउँपालिका बनाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

हल्दिबारी । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले हल्दिबारीलाई काठेपुल मुक्त गाउँपालिका घोषणा गर्न अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनले सोमबार हल्दिबारी ३ र ४ को सीमामा पर्ने काजली खोलाको पक्कीपुलको उद्घाटन गर्दै भने ‘यहाँ पहिला बाँसको पुल थियो । प्रत्येक बर्ष बर्षाले पुल बगाएर लैजान्थ्यो चौकी विरानका दाजुभाई दिदी बहिनीलाई निक्कै अप्ठ्यारो हुने गरेको थियो अब यो समस्या समाधान भएको छ।

‘आफुहरु जनप्रतिनिधि भएर आएपछि केही क्षेत्रमा जग बसाउने काम गरेको बताउँदै उपाध्यक्ष गिरीले गाउँपालिकाले गत आवमा ४० वटा पुल कल्भर्ट निर्माण गरी सकेको र यस बर्ष ३० वटा पुल निर्माण गरी बाँकी केही काठेपुललाई पनि विस्थापित गरी पक्की पुल बनाइने जानकारी दिए । सबै पुल–पुलेसा नयाँ बनाएपछि काठेपुल मुक्त गाउँपालिका घोषणा गर्ने गिरीले दावी गरे ।

उनले यसै आर्थिक बर्षमा सरकारी विद्यालयलाई कम्प्युटर शिक्षा तथा अंग्रेजी भाषामा विशेष व्यवस्था गर्दै १७ वटा सरकारी विद्यालयलाई १÷१ जना शिक्षक दरवन्दी दिने र ब्राण्डेट कम्प्युटर प्रदान गरिने बताए । त्यसको लागि बोलपत्र पनि आव्हान गरी सकेको उनको भनाई थियो ।

डाँडागाउँ टोल विकास संस्थाले निर्माण कार्यमा नेतृत्व गरेको सो पुलको उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य महेशलाल मेचेले सो पुल निर्माणका लागि उपाध्यक्ष डम्बर गिरीले निर्वाचन हुनु अगावै संसदीय विकास क्षेत्र कोषबाट १० लाख रुपैयाँ छुट्टयाउन लगाउनु भएको र गाविसले १० लाख रुपैयाँ लगाएको बाँकी गाउँपालिकाबाट लगानी गरी झण्डै ४० लाख रुपैयाँ लागेको बताए ।

डाँडागाउँ टोलविकास संस्थाका अध्यक्ष मिरा दाहालको अध्यक्षतामा सचिव बविता भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा स्थानीय उपभोक्ता नगेन्द्र आचार्यले पुल निर्माण भएपछि चौकी विरानका दाजुभाई दिदीबहिनीलाई निक्कै राहत भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *