Sajhamanch Archive

योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीको ग्रिन सिग्‍नल!

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता तथा सांसद योगेश भट्टराईलाई मन्त्री बनाउने संकेत गरेका छन।

प्रधानमन्त्री ओली आइतबार मोरङस्थित एक कार्यक्रममा सहभागी हुँदै थिए। विमानस्थलमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टिका अध्यक्षसमेत रहेका ओलीले योगेश भट्टराईलाई खाली रहेको मन्त्री पदमा मन्त्री बनाउने संकेत गरेका हुन।

कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रधानमन्त्री ओलीले नेता भट्टराईलाई आफुले मन्त्री बनाउन चाहे पनि मन्त्री बन्‍न नचाहेको खबर आइरहेको भन्दै व्यंग गरेका थिए। ‘खै मैले त मन्त्री बनाउँ भनेको योगेशलाई, म खान्न भन्ने गरेको समाचार सुन्छु’, प्रधानमन्त्री ओलीलाई उदृत नेकपाका एक नेताले भने।

प्रधानमन्त्री ओली विराटनगर विमानस्थलमा ओर्लदै गर्दा नेता भट्टराई काठमाडौं फर्कने क्रममा त्यहिँ पुगेका थिए। प्रधानमन्त्री ओलीले प्रश्न गरेपछि भट्टराईले आफू तयार रहेको र तत्काल नियुक्ति दिन आग्रह गरेको ती नेता बताए। ‘मैले कहाँ नाई भनेको छुँ त! तपाई शपथ खुवाउनुस् म तयार छुँ’, नेता भट्टराईलाई उदृढ गर्दै ती नेताले भने। प्रधानमन्त्री ओलीले नेता भट्टराईलाई आफ्नो कार्यक्रममा सहभागी नभएर कहाँ जान लागेको? भनेरसमेत त्यसक्रममा प्रश्न गरेका थिए। प्रधानमन्त्रीको जवाफ फर्काउँदै भट्टराईले ठट्टा गर्दै आफ्नो प्लेन रोकिदिन समेत आग्रह गरे।

तर, प्रधानमन्त्रीले भट्टराईका लागि अरू सबै गर्ने तर प्लेन रोक्न भने नसक्ने बताएका थिए। ‘तपाईका लागि अरू सबै गर्न तयार छुँ। तर प्लेन रोक्न भने सक्दैन’, ती नेताले प्रधानमन्त्रीलाई उदृत गर्दै भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि अहिले नेकपामा नयाँ मन्त्री को बन्ने? भन्ने चर्चा चुलिएको छ। यसअघि मन्त्रीपरिषद गठन हुँदा नै मन्त्रीका रूपमा हेरिएका ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईलाई अबको मन्त्रीका रूपमा हेरिएको छ। निर्वाचनका बेला हालका प्रधानमन्त्री ओलीले योगेशको पक्षमा भोट माग्दै ताप्लेजुङका जनतालाई योगशलाई जिताएर पठाउनुस् म मन्त्री बनाउँछु भनेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *