Sajhamanch Archive

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

भोजपुर । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत भोजपुरबाट २०५९ चैत ९ मा जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो।

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो। राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

त्यस्तै, अदालतले अर्का एकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुपक्र्षका लागि कारागार चलान गरेको हो। राईले सोही ठाउँकी १५ वर्षीय युवतीलाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ। राईलाई गत फागुन ११ गते पक्राउ गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *