Sajhamanch Archive

त्रिशुली किनारमा ट्रक खस्दा एक जनाको ज्यान गयो,, ४ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मुग्लिन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १४४ नं।को ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् ।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *