Sajhamanch Archive

बुद्ध एयरले भित्र्यायो १२ औं एटिआर ७२–५०० जहाज

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । निजी क्षेत्रको विमान सेवा प्रदायक बुद्ध एयरले १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ। उक्त जहाज फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको हो। नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो। कम्पनीसँग थपिएको जहाजसहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा बिचक्राफ्ट १९०० डी रहेको छ। नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपछि अर्को महिनाबाट उडान भर्ने कम्पनीले जनाएको छ। थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने बताइएको छ। बुध्द एयरले जेठ १३ देखि एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *