Sajhamanch Archive

एक्सल बैंकको दुई ओटा शाखा विस्तार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले दुई ओटा शाखा विस्तार गरेको छ ।

झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा गरी दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बनियानी शाखाको कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी सोमवारे शाखाको प्रदेश नंं १ का प्रदेश सभासद बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गर्नु गरेका थिए ।

उद्घाटन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, ब्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थीती रहेको उक्त कार्यक्रमको संञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गर्नु गरेका थिए ।

बैंकले अझै शाखा विस्तारको लक्ष्य राखेको छ, भोली मंगलबार नै अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन गरिदै छ भने विहीबार विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन गरिने कार्यक्रम तय गरिएको बताइएको छ । निकट भविष्यमै पाँचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि शाखा विस्तार गर्ने योजना रहेको एक्सल बैंकले जनाएको छ ।

६९ करोड २६ लाख ७४ हजार चुक्ता पू‘जी रहेको बैंकको कर्जा ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप ६ अर्व २५ करोड पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *