Sajhamanch Archive

यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो सहर बनेको छ ।

‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो सहरको सूचीमा परेको हो ।

इकोनोमिस्ट इन्टेलजेन्स युनिटको इतिहासमै सबैभन्दा महँगो सहरको सूचीमा पहिलोपटक तीन सहर परेका हुन् । गत वर्ष प्यारिस सूचीको दोस्रो नम्बरमा थियो ।

विश्वका १३३ सहरलाई आधार मानी गरिएको सर्वेक्षणमा चारओटा युरोपियन सहर परेका छन् ।

सबैभन्दा महँगो सहरको सूचीको चौथो नम्बरमा स्वीट्जरल्यान्डको जुरिच, पाँचौंमा जापानको ओशाका, छैटौंमा डेनमार्कको कोपनहेगन, सातौंमा अमेरिकाको न्यूयोर्क, दशौंमा इजरायलको तल अविव र अमेरिकाको लस एन्जलस् संयुक्तरुपमा परेका छन् ।

सर्वेक्षणका लागि सबैभन्दा साधारण वस्तु जस्तै, पाउरोटीको मूल्यलाई आधार मानिएको थियो र मानिसको जीवनस्तरलाई न्यूयोर्क सहरसँग तुलना गरी सूची तयार पारिएको बताइएको छ ।

मूल्यलाई आधार मान्दा आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलाको राजधानी काराकास सबैभन्दा सस्तो सहर बनेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमस्कस सबैभन्दा सस्तो सहरको दोस्रो सूचीमा परेको छ ।

यस्तै, भारतको राजधानी नयाँदिल्ली सबैभन्दा सस्तो सहरको आठौं नम्बरमा परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *