Sajhamanch Archive

दशनामीको केन्द्रिय अध्यक्षमा गिरी

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल दशनामी समाजको पाँचौ महाधिवेशनले खोटाङका रुद्र गिरीलाई अध्यक्षमा चयन गरेको छ । समाजको विराटनगरमा फागुन ३ गते भएको केन्द्रीय अधिवेशनलले गिरीलाई सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा गोविन्द बिक्रम गिरी (झापा), उपाध्यक्ष मणिराम गिरी (सुनसरी), सचिव अशोक गिरी (ओखलढुंगा), सहकोषाध्यक्ष डम्बर वन (झापा), महिला सदस्य मेनुका गिरी (सुनसरी) बाट चयन गरेको प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए ।

त्यसैगरी सदस्यमा लवकुश गिरी (झापा), अभिनन्द गिरी (ईलाम), राम कुमार पुरी (मोरङ), नबिन गिरी (सुनसरी), दुर्गा पुरी (धनकुटा), हिमाल गिरी (सोलुखुम्बु) बाट चयन भएका छन् ।

नेपाल दशनामी समाजका अध्यक्ष रञ्जनकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं १ का प्रमुख डा. गोविन्द तुम्बाहांगको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनले देशभरबाट सर्बसम्मत रुपमा ४१ जना कार्य समिति चयन गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *