Sajhamanch Archive

वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुनसरी । सुनसरी दुहवी नगरपालिकामा एक दिने वृत्ति (तालिम ) परामर्श तथा रोजगार मेला सम्पन्न भएको ।
वेरोजगार युवालाई रोजगारी दिने तथा रोजगारदातालाई कामदार उपलब्ध गराउँने उद्देश्यले मेलाको आयोजना गरेको मेला आयोजक समितिले जनाएको छ ।

दुहबी नगरपालिका, सुनसरी, बेढीगंगा गाउँपालिका, मोरङ्ग, र उद्योग संगठन मोरङ्गको आयोजना तथा ईन्स्योर परियोजना, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भिटास नेपालको सहयोगमा मेला आयोजना गरिएको थियो ।

मेला प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले गमलामा रोपेको फुलमा पानि हालेर उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मुख्य मन्त्री राईले सम्वृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई पुरा गर्न मेलाले सहयोग गर्ने राम्रो अवसर भएको बताए । यसअघि प्रदेश सरकारले ल्याएका केही कानुनका कारण उद्योग सन्चालनमा समस्या भएको भएपनि अब सँगै बसेर ती समस्या कसरी हल गर्न सकिन्न भन्ने विषयमा प्रदेश सरकारको ध्यान गएको समेत राईले जानकारी दिए ।

स्वदेशमा दक्ष कामदार नभएका कारण अहिले कतिपय उद्योगले विदेशी कामदारका कारण आफ्नो उद्योग सन्चालन गरिरहेका छन् । अवका दिनमा समय अनुकुल व्यवहारिक शिक्षा, सिप लगायतका विषयमा स्वदेश मै दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकार लागिपरेको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

दुहवी नगरपलिकाका मेयर वेदनारायण गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै अवका दिनमा दक्ष युवाले परिवारलाई छोडेर रोजगारीका लागी तातो घाममा विदेशिनु नपर्ने र त्यसका लागी नेपाल मै रोजगारी दिने प्रतिवद्धता जनाए ।
मेलामा रोजगार परामर्शदाताले, मेला मै उपस्थित योग्य युवाहरुलाई छनौट गरी रोजगार दातालाई उपलब्ध गराउने रोजगार पसलका दिल्लीराम ढकालले जानकारी दिए ।

मेलामा ४६ वटा स्टल राखिएका थिए । सबै स्टलको मुख्यमन्त्री राईले अवलोकन गरेका थिए । मेलामा उपस्थित उद्योगीहरुले आजै ३ सय ५० जना दक्ष युवालाई रोजगारी दिने प्रतिवद्धता जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *