Sajhamanch Archive

भद्रपुरमा नेतृत्व विकास तथा नमूना संसद सञ्चालन

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । झापा जिल्ला मै पहिलोपटक भद्रपुरमा नमूना युवा संसद स्थापना संसदीय व्यवस्था सञ्चालन गरिएको छ । नगर शिक्षा कार्यालयको आयोजनामा अभ्यासका लागि नेतृत्व विकास तथा नमूना संसद सञ्चालन गरिएको हो ।

१० वटा वडा रहेको भद्रपुर नगरबाट प्रति वडा ४ जनाका दरले ४० जना र नगर प्रमुखबाट मनोनित ७ जना गरी ४७ जना १६ वर्षदेखि २४ वर्षसम्म उमेर समूहका युवा युवतीले संसदीय अभ्यासमा भाग लिइरहेका छन् । चैत्र ३ गतेबाट कार्यशाला मार्फत प्रशिक्षण लिइरहेका युवा युवतीहरूले वर्तमान संविधान अनुसार संसदको सफत ग्रहण गर्ने, सत्ता पक्षीय भूमिका खेल्ने, प्रतिपक्षीय भूमिकामा रहने तथा संसद सञ्चालनका सवै प्रकृयामा सहभागी बन्ने गरी प्रशिक्षण लिइरहेका छन् ।

कार्यशालामा नगर सरकार प्रमुख जीवनकुमार श्रेष्ठले नमूना संसदीय अभ्यासको प्रत्यक्ष अवलोकन गर्दै सहभागीलाई भविश्यको नेतृब्त्व लिन युवा युवती सक्षम हुने धारणा राखे । प्रमुख श्रेष्ठले नमूना संसद स्थापना कार्यक्रमले नेपालको संविधान अनुसार रहेको शासकीय शैली बारे प्रत्यक्ष अनुभव लिन सहभागी सफल भएको प्रष्ट पारे ।

नगर शिक्षा कार्यालयका कार्यक्रम संयोजक योगेन्द्र पौडेलको नेतृत्वमा भइरहेको कार्यक्रमका सहभागी युवा युवतीले नमूना संसदीय अभ्यासको प्रदर्शन भने चैत्र ८ गते जिल्ला समन्वय समितिको हलमा गर्ने छन् । यस अभियानले नेपालको संसदीय परम्परालाई सकारात्मक रूपमा युवा युवती माझ प्रत्यक्ष प्रभाव छोड्ने विश्वास गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *