Sajhamanch Archive

७८ लाख घुस लिएका पूर्व आयुक्त पाठकसँग बयान लिन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो ।

बेलुका पाठकलाई निवासमै लगेर छोडिदिएको छ । उनीसँग बयान नसकिएको अख्तियारले जनाएको छ । पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४ सै घण्टा निगरानीमा राखेका छन् ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भनी कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *