Sajhamanch Archive

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

राजविराज। कोठमा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् ।

घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षे राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे । उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरुले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन् । अन्नपूर्ण बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *